२०८२ माघ १७ , शनिबार

नेपाल बार एशोसिएशन निरन्तर संवादमा



२६ भदौ। कानून व्यवासायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन निरन्तर संवादमा जुटेको छ। जेन जी समुहले आयोजना गरेको प्रदर्शनमा सर्वोच्च अदालत, संसद भवन, सिंहदरवार लगायत देशभरका अदालत, सरकारी कार्यालयहरु र राजनीतिक दलका नेताहरुको घरमा आगजनी गरको घटनापछी बारले संवाद थालेको हो।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले २५ गते नेपाल भरका इकाइहरु संग वर्तमान परिस्थिति बारेमा छलफल भएको जानकारी दिए। नेपालको संबैधानिक व्यवस्था, संबैधानिक परम्परा, आवश्यकता र भावी दृस्टीकोणको बारेमा छलफल भएको महासचिव कोइरालाले बताए।

नेपाल बार एशोसिएशनले यस सम्बन्धमा थप बहस अगाडि लैजान सल्लाहकारहरु, युवा पुस्ताका साथीहरू संग संवाद अघि बढाउने, नोक्शान भएका भौतिक र अभौतिक सम्पतिको बारेमा लगत सङ्कलन गर्ने र अदालतहरूको काम यथासिघ्र सुचारू गर्न सघाउमा आवश्यक सहयोग गर्ने सुझाव प्राप्त भएको महासचिवको भनाइ छ।

यसैगरी बारले २५ गते मात्र शान्ति र लोकतन्त्रका लागि पेशागत संजाल (पापड) संग समेत छलफल भएको महासचिव कोइराला जानकारी दिए। यसैगरी बिहीबार बारका पुर्व पदाधिकारी, पुर्वमहान्यायाधिवक्ताहरु, न्यायपरिषदका पुर्व सदस्य, वरिष्ट अधिवक्ता र अधिवक्ताहरुसंग समेत अवको बारको भुमिका के हुने भन्ने छलफल भइरहेको बारले जनाएको छ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्