२०८२ माघ १७ , शनिबार

नेबाएको राष्ट्रिय परामर्श बैठक शुरु



२० भदौ। नेपाल बार एशिसिएशनद्वारा आयोजित राष्ट्रिय परामर्श बैठक २०८२ काठमाडौंमा शुरु भएको छ। देशभरका वरिष्ठ अधिवक्ता र अधिवक्ताहरु यस बैठकमा सहभागी हुने बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोईरालाले जानकारी दिए।
बैठकमा देशभरका कानून व्यवसायी बाट सुझाव संकलन गरिने कोईरालाले बताए।

बैठकमा न्यायाधीश नियुक्तिको मापदण्ड को विषय प्रवेश गरेको छ। बैठकमा बोल्दै बारका पुर्व पदाधिकारीहरुले संविधान संशोधन, संबैधानिक ईजलास गठनको कुरा उठाएका छन्।
पुर्व महान्यायाधिवक्ता खम्म बहादुर खातिले भ्रष्ट मानसिकता बोकेका मानिसलाई न्यायाधीश नियुक्ति गरिएको आरोप लगाए। मुद्दा नभएका ब्यक्तिलाई न्यायाधीशमा लगे कस्तो निर्णय गर्न सक्छ प्रश्न उठाए।

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले इम्बोस्ट नम्बरका बारे बैठकमा धारणा राखे। न्यायाधीस नियुक्तिको मापदण्ड फेरबदल गरेको प्रती भट्टराईले आपत्ति जनाए।

बारका पुर्व अध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दहालले रिट दर्ता झन्झटिलो भएको उल्लेख गर्दै मुद्दा दोहोर्‍याईपाउ मा सर्वोच्चले मनोमानी गरेको आरोप लगाए।
पुर्व कानुनमन्त्री वरिष्ठ अधिवक्ता गोभिन्द बन्दीले न्यायाधीसको भुमिका र वकिलको भुमिका पारदर्शी नभएको बताए। अदालतमा घुस र सेटिङ्ग भएको आरोप लगाए।

बैठकमा देशभरबाट ४५० भन्दा धेरै कानून व्यवसायी उपस्थित भएको नेपाल बारका केन्द्रिय सदस्य अधिवक्ता डा मुकुन्द प्रसाद अधिकारीले जानकारी दिए। वक्ताहरुले आफ्ना धारणा राखिरहेका छन्।

प्रकाशित मिति : २०८२ भदौ २१ गते शनिबार
प्रतिक्रिया दिनुहोस्