१५ भदौ। नेपाल बार एशोसिएशन र कानून व्यवसायी विच नयाँ दिल्लीमा छलफल सम्पन्न भएको छ। बैठकमा भारतमा विभिन्न पेशा तथा व्यवसाय गर्ने नेपालीले भोगेका कानूनी जटिलता र प्रतिरक्षाको अवस्थाबारे बार पदाधिकारीले जानकारी दिएका छन्।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले विभिन्न मुद्दाका कारण जेल जिवन विताएका नेपालीको तथ्याङ्क निकाल्न राजदुतावास र इन्डिन बार एशोसिएशन संग समन्वय भएको जानकारी दिएका छन्।
यसैगरी सन् २०२७ को ल एसिया सम्मेलन नेपालमा गर्ने समेत प्रस्ताव भएको महासचिव कोइरालाको भनाइ छ। उनले भने नयाँ दिल्लीमा भएको सम्मेलनले नेपाली कानून व्यवसायी र अन्य देशका कानून व्यवासायी विच सिकाइ आदानप्रदान गरिने भएकोले महत्वपुर्ण भएको बताए।
इन्डिया बारको आयोजनामा संचालित दोस्रो दिल्ली रुल अफ ल अन्तराष्ट्रिय कन्भेन्सनमा उपस्थित खाडी देशका बार प्रतिनिधी विच समेत खाडी देशहरुमा थुनामा रहेका नेपालीको तथ्याङ्क निकाल्ने र उनीहरुलाइ कानूनी सेवा प्रदान गर्ने वारे समन्वय र छलफल हुने नेपाल बारका अध्यक्ष प्रा.डा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले जानकारी दिए।
छलफलमा सहभागीहरुले बार एकाइहरुले सदस्यता दिदा संगठनको सदस्य बन्न बाध्य गराएको गुनासो गरेका छन्।
दिल्ली सम्मेलनमा सवैभन्दा धेरै नेपाली कानून व्यवासायीको उपस्थिति रहेको इन्डिया बार एशोसिएशनका अध्यक्ष प्रशान्त कुमारले जानकारी दिए। नेपालबाट १३० जना कानून व्यवसायीको उपस्थिति रहेको थियो।








