२०८३ भदौ ३१ , बुधबार

मुद्दाको आदेश र फैसला सार्वजनिक नगर्न कानून व्यवसायीलाइ बार काउन्सिलको आग्रह



६ भाद्र, काठमाडौ । नेपाल कानून व्यवसायी परिषदले पेशागत आचारसंहिता विपरीत मुद्दाको परिणाम र आदेश फैसला सार्वजनिक नगर्न सवै कानून व्यवासायीलाइ अह्वान गरेको छ । परिषदले भाद्र ५ गते सूचना प्रकाशित गर्दे आफुले बहस पैरवी गरेको मुद्दाको आदेश र फैसलाको प्रचारको उद्देश्यले सामाजिक सञ्जालमा सार्वजनिक नगर्न अनुरोध गरेको हो ।

परिषद्ले भनेको छ, कानून व्यवसायीको पेशागत आचरणसम्बन्धी नियमावली, २०७९ को नियम ४ को उपनियम (घ) मा “आफूले अदालतमा बहस गरेको, कानूनी परामर्श प्रदान गरेको वा आफू संलग्न भएको आदेश वा फैसलाको प्रचारको उद्देश्यले सामाजिक सञ्जाल वा कुनै माध्यमबाट सार्वजनिक प्रकाशनमा ल्याउन हुँदैन तर सार्वजनिक सरोकारको महत्वपूर्ण विषयमा रचनात्मक टिप्पणी गर्न र बौद्धिक बहस गर्न वाधा पुऱ्याएको मानिने छैन” भन्ने व्यवस्था विपरित कतिपय कानून व्यवसायहिरुले व्यक्ति विशेषसँग सम्बन्धित आफूले बहस गरेको, कानूनी परामर्श दिएको वा आफू संलग्न भएको आदेश र फैसलाको प्रचारको उद्देश्यले सामाजिक सञ्जालमा प्रकाशित गर्ने गरेको विषयमा परिषद्को गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

यस्तो कार्य कानून व्यवसायीको पेशागत आचरणसम्बन्धी नियमावली, २०७९ विपरित हुने हुँदा आचारसंहिताको पूर्णरुपमा पालना गर्नु सवै कानून व्यवसायीहरुलाइ आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्