२२ साउन। काठमाडौं। न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको परिषदका प्रवक्ता सहसचिव अशोक कुमार क्षेत्रीले जानकारी दिए।
परिषद्ले न्याय परिषदको सचिवबाट १ जना, जिल्ला न्यायाधीशबाट १६ जना, उच्च अदालतको रजिष्ट्रारबाट १ जना, सह न्यायाधीवक्ताबाट १ जना, सर्वोच्च अदालतको सह रजिष्ट्रार बाट १ जना, कानून मन्त्रालयको सह सचिवबाट १ र कानून व्यवसायीबाट ६ जना गरी २७ जनालाइ नियुक्तिको लागी सिफारिस गरेको छ।
सूचि हेर्नुहोस्ः
प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार








