२०८२ माघ १७ , शनिबार

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा



फोटोः सामाजिक संजाल

१८ साउन, काठमाडौं। बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। पत्रकार सम्मेलनको आयोजना गरी लामाले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले आफ्नो नेतृत्वमा भएको कामबारे संक्षिप्त जानकारी गराएका थिए । लामालाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरी संसदीय दलको नेताबाट हटाइएको थियो। उनी दलको नेताको हैसियत गुमाएपछी राजिनामा दिनुपर्ने दवाव बढेको थियो।

लामाको राजिनामासंगै कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको छ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार
प्रतिक्रिया दिनुहोस्