२०८२ माघ १७ , शनिबार

सुर्खेत जिल्ला अदालतद्वारा असार मसान्तसम्म ६६ प्रतिशत मुद्दा फर्छयौट



१० असार, सुर्खेत। सुर्खेत जिल्ला अदालतले गत आर्थिक वर्ष ०८१।०८२ मा १९२४ मुद्दा फर्छयौट गरेको छ। कुल २९१२ मुद्दा मध्ये ६६.०७ प्रतिशत अर्थात १९२४ मुद्दा फर्छयौट गरेको श्रेष्तेदार निर्मला खड्काले जानकारी दिइन्।

अघिल्लो आर्थिक वर्ष ०८०।०८१ बाट जिम्मेवारी सरेको कुल मुद्दा संख्या १००३ रहेको थियो। यसैगरी आ.व ०८१।०८२ मा नयाँ दर्ता १९०९ भएको श्रेष्तेदार खड्काले बताइन्।

जिल्ला अदालतमा ९८८ मुद्दा बाँकी रहेका छन्। जसमा छ महिना भित्रका ८२५ थान, छ महिना देखि बाह्र महिना भित्रका १२२ थान, बाह्र महिना देखि अठार महिना सम्मका  ३४ थान र दुइ वर्ष नाघेका ७ थान मुद्दा बाँकी रहेका छन्। जसमा आगामी असार मसान्त सम्म अठार महिना नाघ्न सक्ने मुद्दाको संख्या ४०७ थान रहेको श्रेष्तेदार खड्काले बताइन्।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्