साउन ९, सुर्खेत। दैलेख जिल्ला अदालतले गत आर्थिक वर्ष ०८१।०८२ मा कुल मुद्दाको ७२.२३ प्रतिशत मुद्दा फर्छयौट गरेको छ। जम्मा ५३३ मुद्दामा ३८५ मुद्दा फर्छयौट गरेको श्रेष्तेदार वीरेन्द्रबहादुर मल्लले जानकारी दिए।
गत आ.वमा सवैभन्दा धेरै मुद्दा सम्वन्ध विच्छेद सम्बन्धी दायर भएका छन्। मल्लका अनुसार कुल २३६ थान सम्वन्ध विच्छेद सम्बन्धी मुद्दा दायर भएका हुन्। अघिल्लो आ.व ०८०।०८१ बाट जिम्मेवारी सरी आएका कुल १२९ र आ.व ०८१।०८२ मा नयाँ दर्ता भएका ४०४ मुद्दा मध्ये ३८५ मुद्दा फर्छयौट भएका हुन्। यसमध्ये २ थान निषेधाज्ञाको निवेदन समेत रहेको श्रेष्तेदार मल्लले जानकारी दिए।
यस अदालतमा थुनुवा मुद्दा संख्या ७८ रहेको छ। अघिल्लो वर्षको जिम्मेवारी २७ थान र आ.व ०८१।०८२आ.व ०८१।०८२ मा दर्ता ५१ मध्ये ५६ थान मुद्दा फर्छयौट भएको र बाँकी २२ थान थुनुवा मुद्दा रहेको अदालतले जनाएको छ।
यसैगरी बालबालिका सम्बन्धी कुल २१ थान मुद्दामा १८ थान फर्छयौट भएको र ३ थान बाँकी रहेको श्रेष्तेदार मल्लले जानकारी दिए। बाँकी १४८ मुद्दा मध्ये छ महिना भित्रको ११७ थान, छ महिना देखी बाह्र महिना भित्रको १९ थान, बाह्र महिना देखी अठार महिना सम्मको ८ थन र अठार महिना नाघेका ४ थान मुद्दा रहेका छन्।
जिल्ला अदालतमा एक जना न्यायाधीशको दरबन्दी रहेको छ।








