२८, असार, काठमाडौं। काठमाडौं जिल्ला अदालत बारको अध्यक्षमा अधिवक्ता सुबोध बाबु चिलुवाल निर्वाचित भएका छन्। बारको कार्यसमितिको निर्वाचनमा चिलुवालले अध्यक्षका अर्का उम्मेदवार अधिवक्ता शुरेन्द्र तिवारीलाइ पराजित गर्दै निर्वाचित भएका हुन्।
अध्यक्ष चिलुवालले ११११ मत प्राप्त गरी विजयी भएका हुन्। तिवारीले १३० मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता लक्ष्मण थपलियाले जानकारी दिए।
उपाध्यक्षमा अधिवक्ता लक्ष्मी सापकोटा घिमिरे १११० मतले निर्वाचित हुँदा उपाध्यक्षको अर्की उम्मेदवार अधिवक्ता रीता पोख्रेलले १२७ मत प्राप्त गरेकी छन्।
सचिवमा अधिवक्ता पुरुषोत्तम अर्यालले ११४६ मत प्राप्त गरी विजयी भएका छन् भने सचिव पदका उम्मेदवार अधिवक्ता मैया देवि दहालले १०१ मत प्राप्त गरेकी छन्। यसैगरी कोषाध्यक्षमा अधिवक्ता प्रमिला कायस्थले १०७८ मत प्राप्त गरी निर्वाचित भएकी छन् भने अधिवक्ता हेमकला जिसीले १५९ मत प्राप्त गरी छन्।
खुला सदस्यमा अधिवक्ताहरु सरोज लामा, उदयन रेग्मी, विक्रम खत्री, जनक सिंह साउद, शुरेन्द्र रायमाझी, गणेश भट्टराइ, कृष्ण प्रसाद दाहाल, तुलसी राम पराजुली, सुनिल कुमार यादव, बोध विक्रम थापा, राम बहादुर शाही र सरोज सिलवाल निर्वाचित भएका छन्।
कुल २९६० मतदाता रहेको बारमा अध्यक्ष सहित १९ सदस्यीय कार्यसमितिको लागी मतदान शनिवार मतदान भएको थियो। सह सचिव र दुइ जना महिला सदस्या निर्विरोध निर्वाचित भएका छन्। सह सचिवमा अधिवक्ता अनिता शर्मा अनु निर्विरोध निर्वाचित भएकी हुन्।
सदस्यहरुमा अधिवक्ता सम्झना केसी र तुलसा खरेल निर्विरोध निर्वाचित भएका हुन्। मतदानमा कुल १२८९ मत खसेको थियो।
मतपरिणामः









