२८, असार, काठमाडौं। काठमाडौं जिल्ला अदालत बारको कार्यसमिति चयनको लागी भएको मतदान सम्पन्न भएको छ। कुल २९६० मतदाता रहेको बारमा अध्यक्ष सहित १९ सदस्यीय कार्यसमितिको लागी निर्वाचन भएको थियो।
मतदानमा कुल १२८९ मत खसेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता लक्ष्मण थपलियाले जानकारी दिए। मतदान सकिए संगै मतगणना शुरु भएको थपलियाले बताए।
अध्यक्षको लागी दुइ जनाको उम्मेदवारी परेको छ। डिएलए नेपालको तर्फबाट अधिवक्ता सुबोध बाबु चिलुवाल र पिपिएलए नेपालको तर्फबाट अधिवक्ता शुरेन्द्र तिवारीले अध्यक्षमा उम्मेदवारी दिएका थिए।
तस्विरः

प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार








