२०८२ माघ १७ , शनिबार

काठमाडौं जिल्ला बारको कार्यसमिति चयनको लागी मतदान शुरु



२८, असार, काठमाडौं। काठमाडौं जिल्ला अदालत बारको कार्यसमिति चयनको लागी मतदान शुरु भएको छ। कुल २९६० मतदाता रहेको बारमा अध्यक्ष सहित १९ सदस्यीय कार्यसमितिको लागी मतदान शुरु भएको बारका उपाध्यक्ष अधिवक्ता पुरुषोत्तम अधिकारीले जानकारी दिए।

अध्यक्षको लागी दुइ जनाको उम्मेदवारी परेको छ। डिएलए नेपालको तर्फबाट अधिवक्ता सुबोध बाबु चिलुवालले अध्यक्षमा उम्मेदवारी दिएका छन्। यसैगरी पिपिएलए नेपालको तर्फबाट अध्यक्षमा अधिवक्ता शुरेन्द्र तिवारीको उम्मेदवारी छ।

तिवारी प्यानलमा ५ जनाको मात्र उम्मेदवारी रहेको छ। सो प्यानलमा उपाध्यक्षमा अधिवक्ता रिता पोखरेल, सचिवमा अधिवक्ता मैयादेवि दहाल, कोषाध्यक्षमा अधिवक्ता हेमलता जि.सी. र सदस्यमा अधिवक्ता देवेन्द्र श्रेष्ठको उम्मेदवारी रहेको छ।

चिलुवाल प्यानलमा अध्यक्ष सहित १९ जनाको उम्मेदवारी रहेकोमा एक सहसचिव सहित २ जना सदस्य महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। सह सचिवमा अधिवक्ता अनिता शर्मा अनु निर्विरोध निर्वाचित भएकी हुन्। यसैगरी महिला सदस्यहरुमा अधिवक्ता सम्झना केसी र तुलसा खरेल निर्विरोध निर्वाचित भएका हुन्।

उपाध्यक्षमा अधिवक्ता लक्ष्मी सापकोटा घिमिरे, सचिवमा अधिवक्ता पुरुषोत्तम अर्याल, कोषाध्यक्षमा अधिवक्ता प्रमिला कायस्थको उम्मेदवारी परेको छ।

यसैगरी खुला सदस्यमा अधिवक्ताहरु सरोज लामा, उदयन रेग्मी, विक्रम खत्री, जनक सिंह साउद, शुरेन्द्र रायमाझी, गणेश भट्टराइ, कृष्ण प्रसाद दाहाल, तुलसी राम पराजुली, सुनिल कुमार यादव, बोध विक्रम थापा, राम बहादुर शाही र सरोज सिलवाल चुनावी मैदानमा छन्।

विहान ८ बजेबाट निर्वाचन शुरु भएको निर्वाचन समितिले जनाएको छ।

फोटोः

प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार
प्रतिक्रिया दिनुहोस्