२०८२ माघ १७ , शनिबार

पिपिएलएको काठमाडौं जिल्ला बार निर्वाचन केन्द्रित चुनावी सभा सम्पन्न



२६ असार, काठमाडौं। असार २८ गते सम्पन्न हुन गइरहेको काठमाडौं जिल्ला अदालत बारको कार्यसमितिको निर्वाचनको उम्मेदवार परिचयात्मक कार्यक्रम तथा बृहत भेला सम्पन्न भएको छ। प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) को तर्फबाट उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो।

संगठनको तर्फबाट अध्यक्षमा अधिवक्ता सुरेन्द्र तिवारी, उपाध्यक्षमा अधिवक्ता रिता पोख्रेल, सचिवमा अधिवक्ता मैयादेवि दहाल, कोषाध्यक्षमा अधिवक्ता हेमलता जिसी र खुला सदस्यमा अधिवक्ता देवेन्द्र श्रेष्ठको उम्मेदवारी रहेको छ।

बृहत भेलमा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराइले पिपिएलएको उम्मेदारी लोकतान्त्रिक पद्धति बचाउन भएको उल्लेख गरे। यसैगरी पिपिएलए नेपालका केन्द्रिय अध्यक्ष वरिष्ठ अधिवक्ता अमर थापाले संगठनले उम्मेदवारी नदिए लोकतान्त्रीक अभ्यास समेत सकिने भएकोले सो गरिएको र प्रतिस्पर्धामा अहिले नै जित हारको घोषणा गर्न नसकिने वताए। यसको अन्तिम परिणाम आएपछि मात्र जित र हार हुने अध्यक्ष थापाको भनाइ छ।

कार्यक्रममा महासचिव अधिवक्ता भुवन प्रसाद निरौला, उपाध्यक्ष अधिवक्ता यसोदा खरेल, नेपाल बारका कोषाध्यक्ष वरिष्ठ अधिवक्ता जगत बहादुर कार्कीले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रम अधिवक्ता किशोर खतिवडाको अध्यक्षतामा तथा पिपिएलएका केन्द्रिय अध्यक्ष वरिष्ठ अधिवक्ता अमर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्