२०८२ माघ १७ , शनिबार

विशेष अदालतलाई आईएसओ गुणस्तर प्रमाणपत्र प्राप्त



२५ असार, काठमाडौं। विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आईएसओ)बाट गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ। न्याय प्रणालीमा जवाफदेहता, दीगोपन तथा मुद्दा फैसला/न्यायिक निरुपणमा गरेको सफलता जस्ता विभिन्न सूचकहरु पुरा गरेपछि विशेष अदालतले बुधबार आईएसओ प्रमाणपत्र पाएको हो।

नेपाल गुणस्तर तथा नापतौल विभागले विशेष अदालतमा आयोजित कार्यक्रममा अदालतलाई सो प्रमाणपत्र प्रदान गरेको हो। विशेष अदालतले पछिल्लो समय न्यायिक सुधार र दीगोपनाका साथ काम काम गरेको अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरले जानकारी दिए। जनतामा न्यायिक निरुपणमा भएका प्रयासबाट विश्वास जागेको र सो बढ्ने कुँवरको विश्वास छ।

अध्यक्ष कुँवर संगै न्यायाधीशहरुले विशेष अदालत ऐनले तोकेको समय सिमाभित्र मुद्दाको टुङ्गो लगाउने कार्यमा उल्लेख्य प्रगति भएको छ। साथै अदालतको बाहिरी वातावरणमा समेत सुधारहरु गरिएको अध्यक्ष कुँवरको भनाइ छ।

अदालतलाइ प्राप्त आईएसओ प्रमाणपत्रको अवधि आउँदो तीन वर्षसम्म कायम रहने छ। अदालतले यही गतिलाइ निरन्तरता दिन सके यो कायम रहने छ। यसले अव विशेष अदालतको नेतृत्वमा आउनेलाइ थप चुनौती समेत थपेको सरोकारवालाको भनाइ छ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्