२०८२ माघ १७ , शनिबार

काठमाडौं जिल्ला बारको लागी डिएलएबाट अध्यक्षको उम्मेदवारमा सुबोधबाबु निर्वाचित



२१ असार, काठमाडौं। काठमाडौं जिल्ला बारको कार्यसमितिको निर्वाचनको लागी नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) आन्तरिक निर्वाचनबाट पाँच जनाको पदाधिकारी निर्वाचित गरेको छ।

असार २८ गते हुने काठमाडौं जिल्ला बारको कार्यसमितिको लागी संगठनको आन्तरिक निर्वाचनमा अधिवक्ता सुबोधबाबु चिलुवाल अध्यक्षको उम्मेदवारको लागी निर्वाचित भएका हुन्। चिलुवालले कुल ७१७ मत प्राप्त गरेका छन्। यसैगरी अधिवक्ता राजेन्द्र प्रसाद सेढाइले ३७४ मत प्राप्त गरेका छन्।

उपाध्यक्षको उम्मेदवारमा अधिवक्ता लक्ष्मी सापकोटा घिमिरे ५८३ मतले निर्वाचित भएकी छन्। यसैगरी प्रतिस्पर्धी अधिवक्ता राधिका लामिछानेले ४९८ मत प्राप्त गरेकी छन्।

सचिवको उम्मेदवारमा अधिवक्ता पुरुषोत्तम अर्याल ७०७ मतले निर्वाचित हुँदा अधिवक्ता लेखत बहादुर खड्काले ३७७ मत प्राप्त गरेका छन्।

सहसचिवको उम्मेदवारमा अधिवक्ता अनिता शर्मा अनु ७११ मतले निर्वाचित भएको छन् भने तुलसा शर्मा नेपालले ३६८ मत प्राप्त गरेकी छन्।

यसैगरी कोषाध्यक्ष पदको उम्मेदवारमा अधिवक्ता प्रमिला कायस्थ ५८४ मतले निर्वाचित हुँदा विष्णु प्रसाद ढकालले ५०६ मत प्राप्त गरेका छन्। संगठनले २ महिला सहित १२ जना सदस्यहरु छनौट गरी निर्वाचन प्रकृयामा सामेल गराउने जनाएको छ। काठमाडौं बारमा डिएलएको पकड भएका कारण हरेक साधारणसभामा आन्तरिक निर्वाचन गरी उम्मेदवार छनौट गर्ने गरेको छ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार
प्रतिक्रिया दिनुहोस्