२० असार, काठमाडौं। काठमाडौं जिल्ला बारको कार्यसमितिको निर्वाचनको लागी नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) आन्तरिक निर्वाचनमा जुटेको छ। असार २८ गते हुने काठमाडौं जिल्ला बारको कार्यसमितिको लागी संगठनले आन्तरिक निर्वाचन गरी बारमा प्रतिनिधित्व गर्ने उम्मेद्वार छनौट गर्न लागेको हो।
डिएलएको बहुमत रहेको यस बारको आगामी कार्यसमितिको अध्यक्षको लागी तीन जनाको प्रतिस्पर्धा रहेको छ। जसमा राजेन्द्र प्रसाद सेडाइ, सुबोधबाबु चिलुवाल र विश्वास आचार्य अध्यक्षको लागी आन्तरिक निर्वाचनको मैदानमा छन्।
यसैगरी उपाध्यक्षमा राधिका लामिछाने, राजकुमार अधिकारी, शरदचन्द्र गौतम, लक्ष्मी सापकोटा घिमिरे, डा शिव कुमार यादव र डोर बिक्रम थापा प्रतिस्पर्धामा छन्। सचिव पदमा लेखत बहादुर खड्का, पुरुषोत्तम अधिकारी, बिरेन्द्र पाठक, शंकर पौडेल, बासुदेव रिजाल र सुरेन्द्र प्रधान चुनावी मैदानमा छन्।
सह सचिवमा बिनु श्रेष्ठ, अनु भट्टराइ, तुलसा शर्मा नेपाल, अनिता शर्मा अनु र सनिता बस्तेत प्रतिस्पर्धामा रहेका छन्। कोषाध्यक्षमा ज्ञानेन्द्र प्रसाद दाहाल, बिष्णु प्रसाद ढकाल, प्रमिला कायस्थ, भुवन डोटेल र बासुदेव थापाले चुनावी प्रतिस्पर्धा गरेका छन्।
पहिलो र दोस्रो विच ५१ प्रतिशतको लागी पुन शनिवार निर्वाचन हुने जनाइएको छ।








