२० असार, काठमाडौं। प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) नेपालको नवनिर्वाचित कार्यसमितिलाइ पदभार हस्तान्तरण गरिएको छ। साथै पहिलो केन्द्रिय समितिको बैठक समेत सम्पन्न भएको छ।
जेठ ३१ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पादधिकारीहरुलाइ पदभार हस्तान्तरण र प्रमाणपत्र वितरण गरिएको हो। निवर्तमान अध्यक्ष भोजप्रसाद आचार्यको अध्यक्षतामा बसेको पदभार हस्तान्तरण समारोहका प्रमुख अतिथि एवम् नेकपा एमालेका स्थाइ समिति सदस्य तथा जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालले नयाँ कार्यसमितिले न्याय र कानूनको क्षेत्रमा अब्बल भइ काम गर्न सुझाव दिदै बधाइ तथा शुभकामना व्यक्त गरेका छन्।
यसैगरी एमाले केन्दिय सदस्य तथा कानून विभाग प्रमुख धर्मराज रेग्मीले निर्वाचित समितिलाइ सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता भोजराज आचार्यले आफ्नो कार्यकालमा धेरै कामहरु भएको र त्यसलाइ निरन्तरता दिइ थप नयाँ काम गर्न नयाँ कार्यसमितिलाइ सुझाव दिए।
यसैविच संगठनको पहिलो केन्द्रिय समितिको बैठक समेत सम्मपन्न भएको छ। बैठकले संस्थाका विभिन्न महत्वपुर्ण विषयहरुमा निर्णय गरेको महासचिव अधिवक्ता भुवन प्रसाद निरौलाले जानकारी दिए। ५६ जना केन्द्रिय सदस्य र ४ जना विभागका पदाधिकारी गरी ६० जना निर्वाचन भएको र केहि रिक्त सदस्य र विभागले छिटै पुर्णता पाउने महासचिव निरौलाले बताए। कार्यक्रममा कानून विभाग सचिव वरिष्ठ अधिवक्ता डिल्लीराम मैनालीले संगठनलाइ कानून व्यवसायीहरुको अब्बल संगठन बनाउन सुझाव दिए।
पहिलो केन्द्रिय समिति बैठकको अध्यक्षता गर्दै नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता अमर थापाले समितिका पदाधिकारीलाइ बैठकको निर्णयअनुसार परिणाम आउनेगरी काम गर्न निर्देशन समेत दिएका छन्।








