१६ असार, काठमाडौं। पत्रकार दिलभूषण पाठकविरूद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतिय (ईलेक्ट्रोनिक) कारोवार ऐन अन्तर्गको कसूरमा अभियोगपत्र दायर भएको छ।
पत्रकार पाठकले “ काठमाण्डौ स्थितमा रहेको पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दिपक भट्टको लगानी रहेको छ, निज दिपक भट्ट मार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन, निज जयवीर देउवाको दुबई, अस्ट्रेलियामा रियल स्टेट बिजनेस रहेको छ, उक्त बिजनेस क्यानाडा सम्म फैलिएको बताईन्छ” भनी सामाजिक सञ्जाल मार्फत हिल्टनमा जयवीर देउवाको पैसा भन्ने शिर्षक राखि सामाग्री प्रकाशन गरेको आरोपमा उनिमाथि जाहेरी परेको थियो। सोही आधारमा उनी विरुद्द पक्राउ पुर्जी जारी भएको थियो।
परिवर्तित नाम साइबर ब्युरो ५९ (२०८१/८२) को जाहेरीले उनिविरुद्द मुद्दा चलाएको हो। पाठकलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसुर गरेको आरोप लगाइएको छ। पत्रकार पाठकलाई एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग गरिएको छ।
के छ विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ माः
दफा ४७. विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेः (१) “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय”।
पूर्णपाठः








