१ असार, काठमाडौं। प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) नेपालको नयाँ कार्यसमितिको लागी मतगणना चलिरहेको छ।
एकसय मत गन्दा अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता ओम प्रसाद थपलिया वरिष्ठ अधिवक्ता अमर थापा भन्दा ७ मतले अगाडी छन्। थपलियाले ५३ मत प्राप्त गर्दा थापाले ४६ मत प्राप्त गरेका छन् ।
महिला उपाध्यक्षमा यसोदा देवि खरेलले ६६ र हिमादेवि बस्नेतले ३० मत प्राप्त गरेकी छन्, महासचिवमा चुडामणी पौडेल १३, देवी प्रसाद भट्टराइ १८, भुवन प्रसाद निरौला ३४, शान्तिराम खतिवडा २ र शिव अर्यालले २८ मत प्राप्त गरेका छन्।
यसैगरी उप महासचिवमा बाबुराम राइले ४६, बालकृष्ण आचार्यले १७ र सहकुल खत्रीले ३४ मत प्राप्त गरेका छन्।
खुला सचिवमा अनन्तराज लुइटेलले २६, सरोज कुमार गिरी २०, प्रेम प्रसाद धिताल ११, बलराम बुढाथोकी ३५, मुकुन्द प्रसाद अधिकारी ३९, युवक कुमार गौतम १२, रामजनक कटुवाल १०, सुदर्शन थपलिया १० र हरी प्रसाद मैनालीले २७ मत प्राप्त गरेका छन्।
यसैगरी महिला सचिवमा अनिता गुरुङले ४९ र राधिका खतिवडाले ४३ मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा कुमार प्रसाद घिमिरेले ६३ र प्रविण कुमार प्रधानले ३८ मत पाएका छन्।
भुगोल तर्फको सदस्यहरुमा कर्णालीमा गणेश बहादुर ओलीले ६० मत, गणेश हमालले ५४ र नारायण नाथ योगीले ४० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
१०० मत गणना हुँदा प्राप्त मत:











