१ असार, काठमाडौं। प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) नेपालको नयाँ कार्यसमितिको लागी मतदान सम्पन्न भएको छ। अध्यक्ष लगायत महिला उपाध्यक्ष, महासचिव, उप महासचिव, सचिव खुला, सचिव महिला, कोषाध्यक्ष र सदस्य पदहरुमा निर्वाचन भएको हो। अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा र वरिष्ठ अधिवक्ता ओम प्रसाद थपलियाको प्रतिस्पर्धा रहेको छ।
यसैगरी महिला उपाध्यक्षमा यसोदा देवि खरेल र हिमादेवि बस्नेत, महासचिवमा चुडामणी पौडेल, देवी प्रसाद भट्टराइ, भुवन प्रसाद निरौला, शान्तिराम खतिवडा र शिव अर्यालको प्रतिस्पर्धा रहेको छ।
यसैगरी उप महासचिवमा बाबुराम राइ, बालकृष्ण आचार्य र सहकुल खत्री उम्मेदवार रहेका छन्। खुला सचिवमा अनन्तराज लुइटेल, सरोज कुमार गिरी, प्रेम प्रसाद धिताल, बलराम बुढाथोकी, मुकुन्द प्रसाद अधिकारी, युवक कुमार गौतम, रामजनक कटुवाल, सुदर्शन थपलिया र हरी प्रसाद मैनाली चुनावी मैदानमा छन् । यसैगरी महिला सचिवमा अनिता गुरुङ र राधिका खतिवडाको प्रतिस्पर्धा रहेको छ। कोषाध्यक्षमा कुमार प्रसाद घिमिरे र प्रविण कुमार प्रधान चुनावमा होमिएका छन्।
भुगोल तर्फको सदस्यहरुमा कर्णाली बाहेक सवै प्रदेशमा सर्वसहमतिले सदस्य निर्वाचित भएका छन्। कर्णालीमा महिला सदस्यमा अनिता तिमिल्सेना निर्विरोध निर्वाचित भएपनि अन्य २ जना सदस्यहरुको हकमा निर्वाचन भएको छ। जसमा गणेश बहादुर ओली, गणेश हमाल र नारायण नाथ योगी प्रतिस्पर्धामा रहेका छन्।
यसैगरी काठमाण्डौ बारको १ पदको लागी २ जनाको उम्मेदवारी परेको छ। पाटन उच्च वारको खुला ३ जनामा १२ जना र महिला १ जनाको लागी ३ जनाले उम्मेदवारी दिएका छन्। आदीवासी जनजातीमा २ जना, मधेसी मुस्लिम खुलामा २ जना, नवोदित तर्फ खुला ३ पदको लागी ९ जना र महिला २ पदको लागी ५ जनाले उम्मेदवारी दिएका छन्।
खुला तर्फको ८ पद सर्वसहमतीले टुङ्गीएको छ। कुल ८२१ मतदाता रहेकोमा कुल ४२७ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।
तेस्रो राष्ट्रिय सम्मेलन शनिवार काठमाडौंमा उद्घाटन भएको हो।








