३१ जेठ, काठमाडौं। प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा उद्घाटन भएको छ।
नेकपा एमालेका उप महासचिव प्रदिप कुमार ज्ञावलीले सम्मेलनको उद्घाटन गरेका हुन्।
सम्मेलनले चार वर्षको लागी नयाँ नेतृत्व समेत चयन गर्ने महासचिव वरिष्ठ अधिवक्ता अमर थापाले जानकारी दिए।
सम्मेलनमा वरिष्ठ अधिवक्ता, नेपाल बार एशोसिएशनको निर्वाचित कार्यसमिति तथा बार काउन्सिलको परिक्षामा १० स्थान हासिल गर्ने नवोदित अधिवक्तालाई समेत सम्मान गरिएको छ।
सम्मेलनमा देशभरबाट ६१० जनाको सहभागिता रहेको अध्यक्ष वरिष्ठ अधिवक्ता भोजराज आचार्यले जानकारी दिए।
प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार








