२०८३ भदौ २८ , आइतबार

न्यायाधीश माथि कालोमोसो प्रहार गरेको घटनाप्रति न्यायाधीश समाजको विरोध



३० जेठ, काठमाडौं। उच्च अदालत जनकपुर, अस्थायी इजलास भित्र न्यायाधीश डा. श्री खुशीप्रसाद थारु र न्यायाधीश श्री अर्जुन महर्जन माथी कालोमोसो प्रहारको घटनाप्रति न्यायाधीश समाजले विरोध जनाएको छ।

जेठ २९ गते न्याय सम्पादनको सिलसिलामा इजलासमा काम कारवाही गरिरहेको अवस्थामा न्यायाधीशहरुमाथि गरिएको यस्तो कार्य अत्यन्तै निन्दनीय छ भनिएको छ।

सचिव राजु कुमार खतिवडा द्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस्ता कार्य सम्बन्धित न्यायाधीशमाथिको व्यक्तिगत आक्रमण मात्र नभइ समग्र न्यायपालिकामाथिकै आक्रमण हो भन्ने न्यायाधीश समाज, नेपालको बुझाई रहेको छ। यस्ता अपराधिक कार्य गर्ने जो कसैलाई पनि छुट दिन मिल्दैन । न्यायाधीश समाज, नेपाल सो घटनाको भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारबाही गरियोस् भनी माग गर्दछ।’

प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्