२०८२ माघ १७ , शनिबार

उच्च अदालतमा चार जना मुख्य न्यायाधीश सिफारिस



३० जेठ, काठमाडौं । न्याय परिषदको बैठकले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो।

भट्टराईलाई उच्च अदालत बिराटनगर तोकिएको छ। कुँवरलाइ उच्च पाटनमा भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशको जिम्मेवारी तोकिएको छ।

बैठकले वैदेशिक रोजगार न्यायाधीकरणमा काजमा रहेका उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालतको वीरगञ्ज इजलासमा सरुवा गरेको छ भने उच्च अदालतको हेटौँडा इजलासमा कार्यरत न्यायाधीश डा. शान्ता शेढाई सापकोटालाई वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष तोकेको प्रवक्ता अशोक कुमार क्षेत्रीले जानकारी दिए।

प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्