
३० जेठ, काठमाडौं। तीनकुनेमा भएको राजावादी समर्थकको प्रदर्शनमा दुर्गा प्रसाई सहित ७ जनालाई थुनामा पठाउने आदेश भएको छ भने ३२ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा अदालतले यस्तो आदेश गरेको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति आदेश जारी गरेको थियो। प्रदर्शनको नेतृत्व गरेका प्रसाइ संगै अन्य छ जनालाइ थुनामा पठाउने आदेश गरेको छ। पुर्पक्षको लागी थुनामा पठाउने आदेश भएकाहरुमा तारा राजावादी भन्ने सरोज गौतम,अनुप राजावादी भन्ने गोकर्ण शाही,डण्डपानी रेग्मी,शुसिल बराल,केशव बस्नेत र कुमार तामाङ रहेका छन्।
अन्य प्रतिवादीहरुलाइ जनही १० हजार देखी एक लाख सम्म धरौट वा सो वरावरको जेथा माग गरिएको अदालतले जनाएको छ। यसैगरी राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् सांसद धवल शमशेर राणा फरार सुचिमा राखेको छ। फरार सूचिमा मिश्र र धवल समेत गरी ११ जना रहेका छन्।
को-को लाइ पठाइयो थुनामा र को छुटे धरौटीमा?







