२०८३ साउन १५ , शुक्रबार

वरिष्ठ अधिवक्ताले बहसमा अनिवार्य अधिवक्ता संलग्न गर्नुपर्ने सर्वोच्चको परिपत्र



२३ जेठ, काठमाडौं। वरिष्ठ अधिवक्ताहरुले अदालतमा बहसको क्रममा जाँदा अनिवार्य रुपमा एक जना अधिवक्तालाइ व्यवसायीक सहयोगीको रुपमा संलग्न गराउनुपर्ने परिपत्र गरेको छ। सर्वोच्च अदालत द्वारा जारी परिपत्रमा सवै तहका अदालत, न्यायाधिकरणहरुमा वरिष्ठ अधिवक्ता एक्लै बहस प्रयोजनको लागी जान नपाउने गरी परिपत्र जारी गरेको हो।

सर्वोच्च अदलतका शाखा अधिकृत देवराज भट्टराईद्वारा जारी परिपत्रमा भनिएको छ”कानून व्यवसायीको पेसागत आचरण सम्बन्धी नियमावली, २०७९ को नियम ६ (ख) बमोजिम वरिष्ठ अधिवक्ताले “कुनै मुद्दामा इजलासमा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक सहयोगीको रुपमा संलग्न गराउनुपर्ने छ” भन्ने व्यवस्था भएकोले सो बमोजिम गर्नु गराउनुहुन मिति २०८२।०२।२२ को आदेशानुसार अनुरोध गर्दछु।”

अव देखि वरिष्ठ अधिवक्ताहरुले बहसको क्रममा अधिवक्तालाइ अनिवार्य रुपमा लिनुपर्ने छ।

प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्