२२ जेठ,काठमाडौं। नेपाल बार एशोसिएशनको पदाधिकारी र प्रधानन्यायाधीश प्रकाशमान सिंह साउत विच भेट भएको छ। न्यायपालिकासँग सम्वन्धित समसामयीक विषयमा प्रधानन्यायाधीश राउतसँग बार एशोसिएशनका पदाधिकारीहरुको भेटघाट भएको हो।
न्यायपालिका भित्र देखिएका समस्याका बारेमा बार पदाधिकारीले जानकारी गराएको सदस्य अधिवक्ता डा मुकुन्द अधिकारी ले बताए।
अहिले न्यायालयको सम्वन्धमा विभिन्न क्षेत्रमा टीकाटीप्पणीहरु भएका छन्, यसले जनतामा न्यायालयप्रतिको विश्वास गुन्ने खतरा भएकोले हामीले प्रधानन्यायाधीशलाइ आग्रह गरेका छौं। यस प्रति उहाँ सचेत रहेको र न्यायालयको शाख जोगाउन लागीपर्ने प्रधानन्ययाधीश राउतले प्रतिवद्धता व्यक्त गर्नुभयो अधिकारीले जानकारी दिए।
बारका अध्यक्ष वरिष्ठ अधिवक्ता डा विजय प्रसाद मिश्र र महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाको नेतृत्वमा गएको पदाधिकारीले भेटघाट गरेको हो।








