२०८२ माघ १७ , शनिबार

गण्डकी प्रदेशले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)



फोटोः सामाजिक संजालबाट

२१ जेठ, काठमाडौं। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख डिल्लिराज भट्टले जेठ २१ गते बुधबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना मार्फत “आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी” को सोच अनुरूप प्रदेश विकास तथा रूपान्तरणका १४ वटा प्रमुख क्षेत्र पहिचान गरेको छ।

नीति तथा कार्यक्रममा पोखराको ब्राण्डिङका लागि पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔं तथा राउण्ड फेवा, भ्यू फेवा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने उल्लेख छ।

उद्यमी बनौं, स्वदेशमा केही गरौंः युवा जनशक्तिलाई सीपमूलक तालिम, उद्यमशीलता विकास तथा प्रविधि सहितको स्थानीय कच्चा पदार्थमा आधारित स्वरोजगारमुखी उद्योग सञ्चालन तथा वृद्धिमुखी उद्यमशीलता र रोजगारी सिर्जना नमुना कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका विद्यालय एवम् अन्य सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै रमाउँदै कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ। उक्त कार्यक्रमलाइ स्थानीय तहसँगको समन्वय र सहजीकरणमा गण्डकी प्रदेश भित्रका विभिन्न विद्यालयमा भएका असल अभ्यास प्रवर्द्धन गरिने उल्लेख छ।

यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमः

प्रकाशित मिति : २०८२ जेठ २२ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्