२०८३ जेठ २१ , बिहीबार

बेचन झा विरुद्धको मुद्दाको थुनछेक आज



३१ साउन, काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा उपर लागेको आरोपमाथि अदालतमा आज सुनुवाइ हुन लागेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झा विरुद्धको मुद्दा मंगलबार काठमाडौ जिल्ला अदालतमा दायर गरेको थियो ।

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएसंगै झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

अदालतले प्रतिवादीको बयान पश्चात दुवै पक्षको बहस सुनेपछी थुनाम राख्ने, धरौटी लिने वा साधारण तारेखमा राख्ने आदेश गर्नेछ ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्