२०८२ माघ १७ , शनिबार

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)



५ जेठ, काठमाडौं। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२-०८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८२-०८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। “कृषिमा उत्पादकत्व वृद्धिः लुम्बिनी प्रदेशको समृद्धि” भन्ने नारा सहित नीति कार्यक्रम सार्वजनिक भएको छ।

लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभा बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रममा पेस गरेका हुन्। ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।

नीति तथा कार्यक्रममा कृषिलाइ मुख्य प्राथमिकतामा राखीकएको छ। यसैगरी नीति कार्यक्रममा सिँचाइ र कृषिको पारस्परिक सम्वन्धलाइ प्रभावकारी बनाइ “कृषकका गराः सधै हराभरा” भन्ने अभियान सहित एकिकृत योजना अघि सारिएको छ।

नीति तथा कार्यक्रममा सुशासन प्रवर्द्धन र भ्रष्टाचार निर्मूलनका लागि सरकारले पाँच वर्षे कार्य योजना तयार पारी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ ।

नीति कार्यक्रमको पूर्णपाठ :

 

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्