जेठ ३, काठमाडौं। उच्च अदालत पाटन बार एशोसिएसनले कानून दिवस २०८२ तथा रेडक्रस दिवसका अवसरमा जेठ २ शक्रवार रक्तदान कार्यक्रमको आयोजना सम्पन्न भएको छ । उच्च अदालत पाटन बारले मानवीय सेवाको रुपमा प्रत्येक वर्ष आयोजना गर्दै आएको यसपटकको रक्तदान कार्यक्रमको उद्घाटन नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रज्यूले गर्नुभएको थियो ।
कार्यक्रममा उच्च अदालत पाटनका का.मु. मुख्य न्यायाधीश लालबहादुर कुँवर, सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, नेपाल बार एशोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला लगायत अन्य पदाधिकारी तथा सदस्यहरु, उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उच्च अदालत पाटनका रजिष्ट्रार, कर्मचारीहरु लगायत विभिन्न बार युनिटका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा उच्च अदालत पाटन बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता विदुरप्रसाद ढुंगानाले रक्तदान गरी रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो भने सो रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गर्नुभएको अध्यक्ष ढुंगानाले बताउनुभयो ।








