२०८३ भदौ २८ , आइतबार

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन वैशाख २८ गतेबाट शुरु हुने



वैशाख २१, सुर्खेत। कर्णाली प्रदेशको बजेट अधिवेशन यही वैशाख २८ गतेदेखि शुरू हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिए ।

कर्णाली प्रदेशको हिउदे अधिवेशन गत चैत्र १९ गते अन्त्य भएको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्