चैत्र २८,काठमाडौं। नेपाल बार एशोसिएशनको २७ औं केन्द्रिय कार्यसमितिको निर्वाचनको मतगणना सम्पन्न भएको छ। सोमबारदेखी चलेको मतगणना बिहीबार सकिएको हो । ३६ वटा मतकेन्द्रहरुमा कुल ९ हजार ९ सय ९७ मतदाता मध्ये कुल ७ हजार ९ साय ९५ मत खसेको थियो ।
मतपरिणाम सार्वजनिक हुँदा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता डा विजय प्रसाद मिश्रले ५ हजार ५२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धि वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले २ हजार ६ सय २१ मत प्राप्त गरेका हुन् ।
यसैगरी महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले ४ हजार ८ सय ७४ कुल मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धि अधिवक्ता यज्ञमणी न्यौपानेले २ हजार ३ सय ६७ मत प्राप्त गरेका छन् ।
निर्वाचनको मतगणना सकिएपश्चात मत परिणाम आएपछि बार केन्द्रिय कार्यालयमा खुसीयाली र बधाइ साटासाटको माहोल देखिएको थियो। बार परिसरमा निर्वाचित पदाधिकारीहरु संगको तस्विरहरुः









