२०८३ साउन १५ , शुक्रबार

नेपाल बारको निर्वाचनमा ८० प्रतिशत मत खस्यो



चैत्र २३, काठमाडौं। नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ ।  बिहान ८ बजेदेखि बेलुका ४ बजेबाट शुरु भएको मतदानमा देशभरका मतदान केन्द्रहरुमा ७ हजार ९ साय ९५ मत खसेको छ। जुन कुल ९ हजार ९ सय ९७ मतदात संख्याको ८० प्रतिशत हुन आउछ।

काठमाडौ मतदान केन्द्रमा जम्मा ४ हजार ६ सय ४३ मत खसेको निर्वाचन समितिले जनाएको छ। जसमा काठमाडौं जिल्ला अदालत बारको १ हजार ३ सय ८१ मत, उच्च अदालत बार पाटनको १ हजार ५ सय ५८ मत, ललितपुर जिल्ला अदालत बारको ५ सय ६० मत, सर्वोच्च अदालत बारको ५ सय ५० मत, भक्तपुर जिल्ला अदालत बारको ३ सय ८८ मत र केन्द्र परिवर्तन गरि काठमाडौंमा मतदान गर्नेको २०६ मत खसेको छ। यसैगरी काठमाडौं उपत्यका बाहिर कुल ३ हजार ३ सय ४२ मत खसेको छ।

देशभर मतदान उत्साहका साथ भएको निर्वाचन समितिले जनाएको छ। मत गणना कार्य उपत्यका बाहिरका मतपेटीका आएपछि हुने नेपाल बार एशोसिएशनका सचिव अधिवक्ता निर्भयराज पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २०८१ चैत २३ गते शनिबार
प्रतिक्रिया दिनुहोस्