चैत्र २२, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईँलाई हाजिर हुन नदिने रणनीति उप मेयर सुनिता डंगोलले विफल बनाएकी छन्। मेयर बालेको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको थियो।
मेयर बालेनको सो कदमलाइ अन्य जनप्रतिनिधी र कर्मचारीहरूले विफल गराउदै लगाएको ताला फोडेर गुरागाईँलाई हाजिर गराएका हुन्। प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ कार्यालय पुगेर हाजिर समेत भएका छन्। उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरूको सहयोगमा उनले हाजिर गरेका हुन्।
उपमेयरको उपस्थितीमा महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले गुरागाइलाइ रोक्ने प्रयास गरेपछी उपप्रमुख डंगोलले लिखित आदेशमा ताला लगाइएको हो की मौखिक आदेशमा भनेर पाण्डेलाइ प्रश्न गरेकी थिइन् ।
उप–प्रमुख डंगोलले मेयर साहलाई कोठामा बसेर निर्देशन दिने नभई कार्यालयमा आएर समस्या समाधानका लागि पहल गर्न सुझाव दिएकी छन्। साथै नगरप्रहरी मेयर संग मात्र नभइ उपमेयर प्रति समेत जवाफदेही हुनुपर्ने बताएकी छन्।
साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीहरू तलब पाउनबाट वञ्चित भएका थिए। गुरागाईंले तीन महिना १४ दिनपछि बिहीबार कार्यालयमा हाजिर गर्न पुगेका हुन् । मेयर साहले गुरागाईँलाई गत पुस ७ गतेदेखि बिदामा राखेका थिए।
यसैविच कर्मचारीहरुको रोकिएको तलवको पाउने गरी प्रकृया अगाडी बढेको बताइएको छ।






