२०८३ साउन १२ , मंगलबार

आचारसंहिता विपरीतका घटना भएको प्रति निर्वाचन आयोगको ध्यानाकर्षण



मंसिर ७, काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा आचारसंहिता विपरीतका घटना भएको प्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। ३२ जिल्लाका ४१ स्थानीय तहमा  मङ्सिर १६ गते आइतवारका दिन सम्पन्न उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नको लागि मिति २०८१/०८/०२ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ लागू भएकोले यसलाइ पुर्ण पालन गर्न आयोगले प्रेस विज्ञप्ति जारी गरेको छ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयन लागि विभिन्न संयन्त्रहरू परिचालन भएको समेत आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ अनुसार झण्डा, र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ भन्दा फरक हुन नहुने, प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न, श्रब्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने आयोगका प्रवक्ता निता पोखरेल अर्यालले द्वारा जारी विज्ञप्तीमा जनाईएको छ।

विज्ञप्तीमा दश/दश वटासम्म झण्डा र चुनाव चिन्ह भन्दा बढी प्रयोग गर्न नपाईने विषयलाई पूर्ण पालना गर्न गराउन निर्देशन गरेको छ । उल्लिखित कार्य लगायत र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ ले रोक लगाएका कार्यहरू भए गरेमा निर्वाचन अधिकृत वा अनुगमनकर्ता र स्थानीय प्रशासनले निर्वाचन कानूनहरू, निर्वाचन आचारसंहिता, २०७९ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ बमोजिम तत्कालै कारवाही गर्न आयोगबाट निर्देशन भएको जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ७ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्