२०८३ भदौ २७ , शनिबार

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति



मंसिर ९, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न अनुमति दिएका छन्। यहि मंसिर ६ गतेको मन्त्रिपरिषदको  बैठकले उप निर्वाचनमा सेना परिचालन गर्ने सिफारिस गरेको थियो।

उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

स्थानीय तह उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न लागिएको हो।

प्रकाशित मिति : २०८१ मंसिर ९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्