चैत्र १९, काठमाडौं। प्रतिनिधिसभा सांसद दीपक बोहराको ७४ वर्षमा निधन भएको छ। राप्रपा सांसद एवं पूर्वमन्त्रीसमेत रहेका बोहराको उपचारका क्रममा मंगलबार बिहान ओम अस्पताल निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
बोहरा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन्। झन्डै ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका बोहरा २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत रहेका उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
बोहरा २०३८ सालमा पर्यटन राज्यमन्त्री र पर्यटन सहायकमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए ।






