२०८३ जेठ २१ , बिहीबार

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन



१३ पुस, काठमाडौं। सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। वस्तीको हृदयघातका कारण गएराति निधन भएको जनाइएको छ ।

हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो । उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए ।

नेपाल बार एशोसिएशनको पूर्व महासचिव समेत रहेका वरिष्ठ अधिवक्ता वस्तीले सर्वोच्च अदालतबाट अवकाश भएपछि राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर समेत काम गरे । वस्ती पछिल्लो समय न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा क्रियासिल थिए ।

प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार
प्रतिक्रिया दिनुहोस्