७ पुस, काठमाडौं । नेपाल बार एशोसिएशनको स्थापना दिवश देशभर मनाइदै छ । नेपाल बार एशोसिएशन तथा विभिन्न बार इकाइहरुको आयोजनामा बार डे मनाइदै छ ।
बारको केन्दिय कार्यालय रामशाहपथमा नेपाल बारका पदाधिकारी, पूर्व अध्यक्षहरु, सर्वोच्च अदालतको न्यायाधिश तथा कानून व्यवसायीहरुको उपस्थितिमा बारका संस्थापकहरु तथा अग्रजहरुको तस्विरमा माल्यापण गरी बार डे मनाइएको छ ।
केहो बार डे?
वि.सं. २०१३ साल कार्तिक १२ गते सर्वोच्च अदालत नियमावली बमोजिम सिनियर एडभोकेटको प्रमाणपत्र प्राप्त गर्नु भएका देवनाथ प्रसाद बर्माको अग्रसरतामा १० जना कानून व्यवसायीको उपस्थितिमा वि.सं.२०१३ साल पौष ७ गतेका दिन कानून व्यवसायीको भेला सरहको बैठक बोलाएर यसको शुरुवात गरिएको थियो । सोही दिन दिन सर्वोच्च अदालत भवन नजिक रहेको एउटा टहरामा वसेको सो बैठकले बार एशोसियसन स्थापना गरी कानून व्यवसायीको हकहितमा काम गर्ने गरी नेपाल बार एशोसियसनको विधिवत रुपमा स्थापना भएको थियो ।वि.सं. २०१३ साल पौष ७ गते सम्म सर्वोच्च अदालत नियमावली २०१३ बमोजिम कानून व्यवसायीको प्रमाणपत्र लिनेको संख्या २० जना रहेको थियो ।२०५० साल फाल्गूण ६ गते पोखरामा सम्पन्न ने.बा.ए. को छैठौं राष्ट्रिय सम्मेलनबाट हरेक वर्ष पौष ७ गतेका दिन औपचारिक रुपमा बार दिवस ‘बार डे ‘ मनाउने निर्णय गरिएको हो। यसै अनुरुप हरेक पुस ७ गते नेपाल बारको स्थापना दिवश मनाउने गरिन्छ ।
को हुन् बारको संस्थापकहरुः
सिनियर एड्भोकेटको पहिलो प्रमाणपत्र प्राप्त व्यक्ति रौतहटका देवनाथप्रसाद बर्माको अध्यक्षतामा नेपाल बारको स्थापना भएको हो । अन्य संस्थापकहरूमा योगेन्द्रबहादुर मल्ल, पद्मराज विष्ट, पूर्णलाल श्रेष्ठ, पूर्णलाल श्रेष्ठ (त्यौड), हेरम्बप्रसाद उपाध्याय, गंगाप्रसाद तिम्सिना, नारायणप्रसाद श्रेष्ठ र मायानाथ उपाध्याय हुन्।
फोटो फिचरः









