२०८३ भदौ ३० , मंगलबार

सिरहामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी



१४ साउन। सिरहामा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार (साउन १४) दिउँसो २ बजेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्म कर्फ्यु लगाएको हो।

आन्दोलन वा हुल दंगा बढ्न सक्ने जोखिम देखिएकाले कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा उल्लेख छ । गोलबजार नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ।

सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिएको छ। बिहीबार बिहानैदेखि जनकपुरमा पनि टायर बालेर प्रदर्शन भइरहेको छ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्