
१७ पुस, काठमाडौं। स्र्टोर्म नेटवर्क प्रा.लि.को रु.४८,७२,६२०।- (अक्षरेपि अठचालीस लाख बहत्तर हजार छ सय बीस) र ईको भ्याली प्रा.लि.को रु.८,५८,५४१।- (अक्षरेपि आठ लाख अन्ठाउन्न हजार पाँच सय एकचालीस) चोरी गर्ने काठमाडौं महानगरपालिका २ खुर्सीनिटार बस्ने वर्ष २४ को दुर्गा बहादुर के.सी.लाई प्रहरीले पक्राउ गरेको छ।
पुस १२ गते राती चोरी गरी फरार रहेका के.सीलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ समेतको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
के.सीको साथबाट नगद रकम रु.६५,१७,१४०।- (अक्षरेपि पैँसट्ठी लाख सत्र हजार एक सय चालीस) सहित चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट थान १५, चाँदी जस्तो देखिने सेतो धातुको सिक्का सानो ठूलो थान २८ चाँदी जस्तो देखिने सेतो धातुको थान १ डेल कम्पनीको ल्यापटप थान १ बरामद भएको प्रहरीको भनाइ छ। के.सी उपर थप अनुसन्धान प्रहरीको भनाइ छ।









