२०८३ भदौ २७ , शनिबार

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति



१० मंसिर। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्।  मन्त्रिपरिषद्ले निर्वाचनमा सेना परिचालन गर्न गरेको निर्णय  तथा प्रधानमन्त्रीको सिफारिसको आधारमा स्वीकृति प्रदान गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०८/०८ गतेको निर्णयमा उल्लेख भए बमोजिम हुने गरी सम्वत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नु भएको छ।”

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्