१५ असार। डिउटीमा रहेको प्रहरीमाथी दुर्व्यवहार गर्ने नेपाङ्ग तामाङलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुली ग्याङलेख गाउँपालिका वडा नं ५ घर भइ हाल बबरमहल बस्ने तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
तामाङले प्रहरीलाइ अश्लिल शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएको थियो। प्रहरी सो समयमा संयम देखिएको थियो। निजलाइ काठमाडौं १० बुद्धनगरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज १५ गते बुधबार







