२०८३ भदौ २९ , सोमबार

हर्कको गम्भिर आरोपः “मन्त्री पाउन भारतीय दुतावास जानुपर्ने भनेपछि हच्किएँ”



३१ भदौ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुशिला कार्की नेतृत्वको सरकारलाइ गम्भिर आरोप लगाएका छन्। सरकार गठनको हल्ला संगै धरानबाट काठमाडौं पुगेका साम्पाङले आफु प्रधानमन्त्री भएर अन्तरिम सरकार चलाउन योग्य भएको फेसबुकमा उल्लेख गरेका थिए।

साम्पाङले खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिंदा पनि छोडेर नलिएको उल्लेख गर्दै भारतीय दुताबास जानु पर्ने भने पछि म हच्किएको खुलासा गरेका छन्।

उनले आफ्नो फेसबुकमा लेखेका छन् “मलाई पदको लोभि भन्नेहरुलाई के थाहा देश दन्दनी जलिरहेको बेला सबै डराएर घर भित्र लुकेर बसेको बेला ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले ! खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिंदा पनि छोडेर नलिएको मान्छे हुँ म ! भारतीय दुताबास जानु पर्ने भने पछि म हच्किएँ ! पछि थाहा हुन्छ विरोधी हो… हर्क साम्पाङ को हो भन्ने”!

यसपछि नागरिकहरुले आशंका व्यक्त गरेका छन्। हरेक सरकार गठन हुँदा भारतले चलखेल गर्ने हल्ला चलेको बेला साम्पाङको फेसबुक स्ट्याटसले थप आशंका उत्पन्न भएको छ।

सरकार गठनमा सम्पाङले चित्त दुखाइ गरेको देखिन्छ। उनले आफ्नो फेसबुकमा भनेका छन् “मन्त्री बन्नलाई भारतीय दुताबास छिर्नु पर्ने किन ? Designer को Game अब कसरी होला तऊ… खोइ मेरो देश ? खोइ मेरा देशबासी ? थुक्का…”।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्