२९ भदौ। महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएकै दिन भदौ २४ गते बडालले राजिनामा दिएका थिए।
बडालले भने ‘मैले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएकै दिन भाद्र २४ गते राजिनामा दिएको हुँ’। बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका थिए। उक्त राजिनामा आईतबार सुइकृत भएको हो।
प्रधानमन्त्रीले नियुक्त गर्ने भएकोले महान्यायाधिवक्ताले प्रधानमन्त्रीको राजिनामा संगै पद छोड्ने प्रचलन रहेको छ।
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार







