२०८३ भदौ २८ , आइतबार

संविधान खारेज गर्नु जेन-जीको नभइ अरुको स्वार्थ पुरागर्ने योजना कार्यान्वयन गर्नु होः संग्रौला



२६ भदौ। संविधान खारेज गर्नुपर्छ भनी आवाज उठाइरहेको विषयमा संविधानविद् एवम् पूर्वमहान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले यसो गरे देश दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका छन्। उनिले सामाजिक संजाल फेसवुक मार्फत प्रतिक्रिया दिदै सम्पुर्ण नेपाली दाजुभाइहरुले केही कुरा गम्भीर भएर सोच्नुपर्ने बताएका छन्।

हामी उर्लिदो भलबाडीमा डुंगा को यात्रामा छौं। हामिले डुंगा (boat ) जोगाउन सकेनौं भने हाम्रो यात्रा र ज्यान दुवै सकिने छ्न्। यो डुंगा हाम्रो देश हो। हामीले सतर्क हुनुपर्छ भन्दै संग्रौलाले बुँदागत रुपमा भनेका छन्।

१. सबै जेन जि का साथीहरू तंपाइहरुलाइ थाह छ कसरी तंपाइहरुको आन्दोलन हाइज्याक गरेर लुटपाटमा लगीयो। हामिले होस गर्नुपर्छ। अहिले हामी सङ्ग केहि छैन। सिंह दरबार जलाइयो। संसद जलाइयो। सर्बोच्च अदालत पनि जलाइयो। प्रहरी कार्यलयहरु सबै जलाइए। अर्थात देशलाइ बर्बाद पार्ने तत्वको व्यापक घुसपैठ भएको थियो। यसबाट हाम्रो देशका बिरुद्ध कोहि सक्रिय भएको छ। यो कुरा हामिले दिमाग राखेर मात्र सबै कुरा सोच्नु पर्छ।

२. हिजो देखि नै आन्दोलनको आह्वान गर्ने भन्दा संदिग्ध मान्छेहरु सेना संङ्ग छ्लफलमा सक्रिय भए। को प्रधानमन्त्री भनेर लंडाइ नै गर्न थाले।यो शुभ संकेत होइन।

३. अहिले हामी सङ्ग संबिधान छ।संबिधान रहे सम्म रास्ट्रपति र सभामुख रहन्छ्न, संसद भंग भएपनि। संबिधानमा अध्यादेशबाट संशोधन गरेर सरकार चलाउन र निर्वाचन सम्पन्न गर्न सकिन्छ। अत: केही मानिसले अहिले नै संबिधान खारेज गर्नुपर्छ भनी उठाइरहेको मागले रास्ट्रलाई घातक मार्गमा लैजाने छ। तेसो भयो भने हाम्रो डुंगा पल्टिने छ।

४. केही बाहिरी शक्ति यो संबिधान आउनै नदिने पक्षमा थिए। तर पनि यो आयो। अतेन्त ठुलो दवावका माझबाट आएको हुंदा यस्मा धेरै गल्ती भए। अत: सच्याउने कुराहरु धेरै छ्न। त्यो अबहुने निर्वाचन पछी बन्ने संसदले गर्ने छ र त्यसले अहिलेको पुस्ताको प्रतिनिधित्व पनि गर्नेछ। तसर्थ अहिले संबिधान खारेज गर्नु भनेको जेन जि को होइन अरुकै स्वार्थ पुरागर्ने योजना कार्यान्वयन गर्नु हो।

५. संबिधानले देशलाई “सार्बभौमसत्ता लोकतान्त्रीक” भनेको छ। संबिधानै खारेज गरेपछि त हाम्रो सत्तानै कुण्ठित हुन्छ। हाम्रो सर्बोच्च अदालत जलाएर कामै गर्न नसक्ने पारेको छ। यस्तो अवस्थामा संबिधान खारेज गर्नु भनेको ब्वांसाले आक्रमण गर्नेबेलामा छानो फ्याँक्नु जस्तो हो। ख्याल गरौं। केहि मानिस संबिधानको खारेज गर्नु पर्छ भनी बिचार दिइरहेका छ्न। यो गलत हुन्छ। अत: यो कुरामा ख्याल गरौं।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्