२०८३ भदौ २८ , आइतबार

बिहीबार निषेधाज्ञा र कर्फ्यु जारी रहने; नेपाली सेना



२५ भदौ। निषेधाज्ञा र कर्फ्यु बिहिवार पनी निरन्तर रहने नेपाली सेनाले जनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा २६ गते बिहीबार विहान १० बजेदेखी बेलुकी ५ बजेसम्म निषेधाज्ञा रहने सेनाले जनाएको छ। यसैगरी भाद्र २६ गते बिहीबार बुलुकी ७ बजेदेखी २७ गते शुक्रबार बिहान ७ बजेसम्म कर्फ्यु जारी रहने सेनाको भनाइ छ।

अत्यावश्यक कामको लागी २६ गते बिहीबार बिहान ६ बजे देखी बिहान १० बजेसम्म र साँझ ५ बजेदेखी ७ बजेसम्म निस्कन सकिने सेनाले जनाएको छ।

यसैगरी निषेधाज्ञा तथा कर्फ्यूको दौरान समेत अत्यावश्यक सेवाका ( एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

विभिन्न सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने सेनाले उल्लेख गरेको छ। यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सकिने छ। आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न समेत सेनाले आह्वान गरेको छ।

काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरूप जिल्ला सुरक्षा समितिहरुबाट निर्णय तथा समन्वय गरिएबमोजिम हुने सेनाको भनाइ छ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्