२५ भदौ काठमाडौं। मुलुकको न्याय प्रणालीको सर्वोच्च संस्था सर्वोच्च अदालत गत भदौ २३ र २४ गते भएको हिंसात्मक आन्दोलनका कारण पूर्णरूपमा ध्वस्त भएको छ। आन्दोलनकारी भीडले अदालतको मुख्य भवन, अभिलेख कक्ष, पुस्तकालय र विभिन्न विभागहरूमा आगजनी गरेपछि सम्पूर्ण संरचना खरानीमा परिणत भएको छ।
आगजनीका कारण अदालतका महत्त्वपूर्ण कानूनी अभिलेख, मिसिल र पुराना निर्णयका फाइलहरू जलेर नष्ट भएका छन्। तर, केही कानुनी कागजातहरू आंशिक रूपमा सुरक्षित रहेको झिनो आशा सहित बुधबार विहान देखि कानून व्यवसायी, सर्वोच्च अदालतका कर्मचारी र स्वयम्सेवकहरू खरानीभित्रबाट फाइलहरू खोजी गर्ने कार्यमा तल्लीन छन्।
फोटोः

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार







