२०८३ साउन १२ , मंगलबार

प्रधानमन्त्री ओलीले दिए राजीनामा



२४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेललाइ पठाइएको राजिनामा पत्रमा भनिएको छ “सम्बत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”

देशभर चलेको जेन-जीको प्रदर्शनमा सोमबार १९ जनाको ज्यान गएको थियो। प्रदर्शनकारीको ज्यान गएपछि मंगलबार विहानदेखी देशभर आन्दोलन थप सशक्त भएको थियो।

प्रदर्शनकारीले नेताका घर र पार्टी कार्यालयलाइ निशाना बनाएका थिए।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्