२ असार, काठमाडौं। १ असार, काठमाडौं। प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) नेपालको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा निर्वाचित भएका छन्। थापाले २५६ प्राप्त गर्दा प्रतिस्पर्धि वरिष्ठ अधिवक्ता ओम प्रसाद थपलियाले २१३ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष महिलामा यसोदा देवि खरेल ३०५ मत सहित निर्वाचित भएकी छन्। उपाध्यक्ष खुलामा भिमसेन बन्जरा निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा भुवन प्रसाद निरौला १६३ मतले निर्वाचित भएका छन्। उप महासचिवमा बाबुराम राइ २१७ मतले निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत चोक बहादुर मगरले जानकारी दिए।
सचिवमा युवक कुमार गौतम र मुकुन्द प्रसाद अधिकारी निर्वाचित भएका छन्।
सचिव खुलामा भने गोलाबाट मुकुन्द प्रसाद अधिकारी निर्वाचित भएका छन्। हरिप्रसाद मैनाली र अधिकारीको मत बरावर भएपछी गोलाबाट अधिकारी निर्वाचित भएका हुन्। यसैगरी महिला सचिवमा अनिता गुरुङ कोषाध्यक्षमा कुमार प्रसाद घिमिरे निर्वाचित भएका छन्।
भुगोल तर्फ कर्णाली प्रदेशबाट गणेश बहादुर ओली र गणेश हमाल निर्वाचित भएका छन्। काठमाडौं जिल्ला अदालतबाट किशोर खतिवडा, उच्च अदालत पाटनबाट गोपिकृष्ण थापा, मुकुन्द प्रसाद भट्टराइ र श्याम रोका र महिलामा भवानी भट्टराइ गैरे निर्वाचित भएका छन् । तेस्रो राष्ट्रिय सम्मेलन शनिवार काठमाडौंमा उद्घाटन भएको हो।
निर्वाचित र निर्विरोधको नामावली र मतः









