२७ जेठ, काठमाडौं । न्याय परिषद्को बैठकले तीन जनालाइ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
न्यायाधीश सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन्।
वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च बार एशोसिएशनका अध्यक्ष हुन्। यसैगरी पौडेल यस अघि विशेष अदालतको अध्यक्षको समेत जिम्मेवारी सम्हाली सकेका हुन्।
न्याय परिषदको जेठ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको परिषद्का प्रवक्ता एवम् सह सचिव अशोक कुमार क्षेत्रीले जानकारी दिए।

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार








